नेपाल बैंकर्स संघमा चुनाबी सरगर्मी, को बन्ला भावी अध्यक्ष ?

२०८१ मंसिर २६ गते

नेपाल बैंकर्स संघमा चुनाबी सरगर्मी, को बन्ला भावी अध्यक्ष ?

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) मा चुनाबी सरगर्मी बढेको छ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था एनबीएमा आगामी पुस ३ गते संघको वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व समेत चयन हुने कार्यक्रम तय भएसँगै माहोल तातेको हो ।

एनबीएको भावि नेतृत्वका लागि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सन्तोष कोइराला र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनबीच खास प्रतिस्पर्धा हुने देखिएको छ । बैकर्स संघले दिएको जानकारी अनुसार अध्यक्षमा कोइराला र शेरचनले उमेदवारी हालेका छन् । प्रतिस्पर्धी मध्येका कोइराला संघको हालको कार्यसमिति उपाध्यक्ष हुन् भने शेरचन यसअघि नै दुईपटक कार्यसमिति सदस्य बनिसकेका छन् ।

Advertisement:

Ad
Ad

संघको निर्वाचनले एक अध्यक्ष, एक उपाध्यक्ष र तीन सदस्य चयन गर्नेछ । तर, कोइराला र शेरचनको अध्यक्षमा उमेदवारी परेपनि उपाध्यक्षका लागि हालसम्म कसैको दाबी नपरेको संघले जनाएको छ । यस्तै, संघको हालको कार्यसमिति सदस्य रहेका राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अधिकृत किरण श्रेष्ठ पनि अवकास पाएसँगै बाहिरिएका छन् । उनको स्थानमा एक सदस्य आउनुपर्नेछ भने अर्का सदस्य नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपककुमार पाण्डे पनि यसैपटक बाहिरिँदैछन् । उनको ठाउँमा पनि अर्को एक सदस्य आउनुपर्नेछ ।

नेपाल बैंकर्स संघमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सदस्य छन् ।