२०८२ जेठ २२ गते
काठमाडौ । नेपालको बैंक तथा वित्तिय संस्थामा ६९ खर्ब ५४ अर्ब रुपैयाँ पैसा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ १८(२०८२) सम्म बैंक तथा वित्तिय संस्थामा ६९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो निक्षेपमा सबैभन्दाठुलो हिस्सा बाणिज्य बैंकको छ । नेपालमा हाल २० वाणिज्य बैंक छन् ।
ती बैंकमा मात्र ६२ खर्ब १७ अर्ब रुपैयाँ रहेको केन्द्रिय बैंकले भनेको छ । यो रकम हालसम्म निक्षेपकर्ताहरुले बैंकमा डिपोजिट गरेको रकम हो । यो सबै बैंकभित्रै भने छैन । बैंकहरुले सर्वसाधारणबाट निक्षेप लिएर सर्वसाधारणलाई नै ऋण दिने गरेका छन् ।
बैंकहरुले हालसम्म ५५ खर्ब ४८ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन् । यसमा बाणिज्य बैंकहरुको मात्र ४९ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंक तथा वित्तिय संस्थाको कर्जा निक्षेप (सिडि) अनुपात ७८.६४ प्रतिशत रहेको छ । यो भनेको बैंकहरुसँग प्रशस्त लगानी गर्ने रकम छ भन्ने हो ।
बैंकहरुले आफुले संकलन गरेको निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउनसक्ने व्यवस्था छ । नेपालको कुल गार्हस्थ उत्पादन भन्दा निक्षेपको अंश बढी छ । नेपालको क, ख र ग वर्गको बैंक तथा वित्तिय संस्थाको चुक्तापुँजी ६ खर्ब ६५ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया