२०८२ जेठ २२ गते
काठमाडौ । नबिल बैंकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । सिईओबाट ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीलाई कामु सिईओको जिम्मेवारी दिइएको थियो । उनलाई आज बसेको सञ्चालक समितिको बैठकले सिईओको जिम्मेवारी दिने निर्णय गरेको हो । अब उनको कार्यकाल ४ वर्षको हुनेछ ।
कामु सिईओ हुनुअघि उनी नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । उनी नबिल बैंक आउनुअघि ज्योति विकास बैंकको सिइओ भइसकेका छन् । चार्टड एकाउन्टेन्ड ज्ञवाली बैंकिङ क्षेत्रमा नेतृत्वदायी क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया