नबिल बैंकको सिनियर डिसिईओमा बढुवा भए मनोज ज्ञवाली

२०८१ पुस १४ गते

नबिल बैंकको सिनियर डिसिईओमा बढुवा भए मनोज ज्ञवाली

काठमाडौं। नबिल बैंकका डिसिईओ मनोज ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिईओ)मा पदोन्नती भएका छन्।गत बिहीबार बसेको बैक सञ्चालक समितिले ज्ञवालीलाई पदोन्नती गर्ने निर्णय गरेको थियो भने आइतबार उनलाई बढुवा भएको पत्र बैंकले दिएको हो ।

ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । ज्ञवालीको बढुवासँगै अब बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा भुपेन्द्र पाण्डे मात्र रहेका छन् । ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। त्यसपछि महाप्रबन्धक हुँदै डिसिओ ९डिपुटी सीईओ० बनेका ज्ञवाली आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन्।

Advertisement:

Ad
Ad