२०८२ जेठ ११ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दैछ । यसको लागि आज केन्द्रिय बैंकको व्यवस्थापन बैठक बस्दैछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको लागि छलफल गर्न व्यवस्थापन समितिको बैठक बोलाएको छ ।
आइतबार ३ बजेका लागि गभर्नर डा. विश्वनाथ पौडेलले व्यवस्थापन समितिको बैठक बोलाएका हुन् ।गभर्नरको अध्यक्षतामा बस्ने व्यवस्थापन समितिमा दुबै डेपुटी गभर्नर र कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिव रहने व्यवस्था छ । केन्द्रिय बैंक स्रोतका अनुसार सम्भवत भोली त्रैमासिक समिक्षा हुनेछ । नवनियुक्त गभर्नर डा. पौडेलको मौद्रिक नीतिको पहिलो समिक्षा हो ।
यसकारण पनि पौडेलले नीतिगत तथा नियामकीय व्यवस्था थप सहजर लचक बनाउँन सक्ने अनुमान गरिएको छ । उनले पदभार ग्रहण गरेकै बेला आफ्नो फोकस नियमनमा हुने बताएका थिए । सामान्यतया मौद्रिक नीतिको समिक्ष त्रैमास सकिएको ४५ दिनभित्र सार्वजननिक गर्नुपर्ने प्रावधान छ । यसकारण पनि भोली नै समिक्षा सार्वजनिक हुने सम्भावना अधिक छ ।
प्रतिक्रिया