मौद्रिक नीतिको समिक्षाले गरेको तीन परिवर्तन के-के हुन् ?

२०८२ जेठ ११ गते

मौद्रिक नीतिको समिक्षाले गरेको तीन परिवर्तन के-के हुन् ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति समिक्षा सार्वजनिक गर्दै तीनवटा नीतिगत व्यवस्थामा हेरफेर गरेको छ ।

 लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गर्ने केन्द्रिय बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

यस्तै  बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन बमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी लागु गरिने भएको छ । यस्तै वद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने भएको छ ।

https://www.nrb.org.np/contents/uploads/2025/05/MP_Q3_2082_Final.pdf