माइतीघर मण्डलामा अर्धनग्न विरोध प्रदर्शन

२०८२ जेठ ११ गते

माइतीघर मण्डलामा अर्धनग्न विरोध प्रदर्शन

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै  सहकारी पीडितहरूले आज माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। पुरुष प्रदर्शनकारीहरु अर्धनग्न अवस्थामा बचत फिर्ता गर्,कोष खडा गरेर बचत रकम फिर्ता गर् लगायतका प्ले कार्ड हातमा बोकी प्रदर्शनमा उत्रिएका हुन् ।

 

Advertisement:

Ad
Ad

सरकारले बारम्बारको शान्तिपूर्ण आन्दोलनपछि पनि समाधान नदिएको गुनासो गर्दै उनीहरूले अर्धनग्न रूपमा प्रदर्शन गर्न बाध्य भएको बताएका छन् । सहकारी संस्थाको सम्पत्ति लिलामी गरेर भए पनि बचत फिर्ता गराउनुपर्ने उनीहरूको माग छ।

 

प्रदर्शनकारीहरुले राज्य पीडितहरुको पीडामा मुकदर्शक भएर बसेको र झक्झक्याउन प्रदर्शनमा उत्रनु परेको बताएका छन् । माग पूरा नभए अझ कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।