२०८२ वैशाख ०२ गते
काठमाडौ । आजबाट पाँच रुपैयाँका दरकोन नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रंगमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याएको बताएको छ ।
आजबाट चलनचल्तीमा आएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको छ।

प्रतिक्रिया