कुमारी बैंकको खराब कर्जा ७ प्रतिशत नजिक, नाफामा पनि संकुचन

२०८२ वैशाख ०७ गते

कुमारी बैंकको खराब कर्जा ७ प्रतिशत नजिक, नाफामा पनि संकुचन

काठमाडौ । कुमारी बैंक लिमिटेडको खराब कर्जा ७ प्रतिशत नजिक पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा ६.९८ प्रतिशत पुगेको हो । जबकी बैंकको खराब कर्जा गत बर्षको यसै अवधिमा ४.९५ प्रतिशत थियो । कुमारीको नाफामा पनि संकुचन आएको छ ।

बैंकले यो तेस्रो त्रैमाससम्म २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७२.८५ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

Advertisement:

Ad
Ad

यसको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा बैंकको नाफामा दबाब परेको देखिन्छ । कुमारीको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ मात्रखभएको छ । गत वर्ष ८ अर्ब ४२ करोड थियो । प्रतिशेयर आम्दानी पनि १.४५ रुपैयाँमा झरेको बैंकको छ । गत वर्ष ५.३५ रुपैयाँ थियो । बैंकको वित्तरणयोग्य नाफा ऋणात्मक छ । कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।