कुमारी बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२०८२ वैशाख ०५ गते

कुमारी बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यो शेयर हाल कायम बैंककै विद्यमान संस्थापक शेयरधनीले पनि खरिद गर्न पाउनेछन् । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

Advertisement:

Ad
Ad

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय, टंगालमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको अवधिभित्र खरिद निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ ।