कस्तो होला नयाँ नोटमा चल्ने नयाँ गभर्नरको सही ?

२०८२ जेठ ०७ गते

कस्तो होला नयाँ नोटमा चल्ने नयाँ गभर्नरको सही ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार गभर्नरमा नियुक्त भएका पौडेलले भावी दिनमा राष्ट्र बैंकबाट निष्काशन हुने नयाँ नेपाली नोटमा हस्ताक्षर गर्न पाउने छन् ।

 

Advertisement:

Ad
Ad

देशभरी चलनचल्तीमा आउने नोटमा हस्ताक्षर गर्न पाइने शौभाग्य गभर्नरमा हुने हुँदा पनि यो पदलाई महत्वपूर्ण मानिन्छ । नवनियुक्त गभर्नरको सहीमा पौडेलको पुरा नाम माथि डिका नदिई विश्वनाथ पौडेल र तल धर्का र डट हुने छ । 

 

 

पाँच वर्षका लागि केन्द्रीय बैंकको १८ औं गभर्नर बनेका पौडेल विश्वविद्यालयका प्राध्यापक,योजना आयोगका पूर्व उपाध्यक्ष हुनुका साथै सरकारका आर्थिक सल्लाहकार भइसकेका व्यक्ति हुन् ।