कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर पक्राउ

२०८२ जेठ १८ गते

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकको टेकओभरमा रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट राय पक्राउ परेका हुन् ।

 

Advertisement:

Ad
Ad

बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकको वित्तीय अवस्था कमजोर भएपछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई टेकओभर गरेको थियो । हाल उक्त बैंकमाथि सीआइबीले पनि अनुसन्धान गरिरहेको छ  । रायमाथि झण्डै तीन अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । 

सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ ।बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए ।