कर्जाको दुरुपयोग बढ्न थालेपछि राष्ट्र बैंकले भन्यो, 'झुट्टा विवरणको आधारमा ऋण दिएको पाइए कारबाही हुन्छ'

२०८२ जेठ २७ गते

कर्जाको दुरुपयोग बढ्न थालेपछि राष्ट्र बैंकले भन्यो, 'झुट्टा विवरणको आधारमा ऋण दिएको पाइए कारबाही हुन्छ'

काठमाडौ । नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा कर्जा लिएको वा दिएको पाइए  कारबाही हुने जनाएको छ ।  केन्द्रिय बैंकले वित्तिय चेतनाका लागि एक सन्देश जारी गर्दै कसैले पनि बैंक वा वित्तीय संस्थाबाट गलत, झुट्टा वा नरहे/नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी, धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी, झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई कर्जा लिनु वा दिनु गैरकानुनी कार्य रहेको उल्लेख गरेको छ

। यस्तो कार्य गरेको पाइए  स्तो व्यक्तिलाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो भराई बिगोबमोजिम जरिवाना र चार वर्षसम्म कैद सजाय हुन सक्ने केन्द्रिय बैंकले भनेको छ । 

Advertisement:

Ad
Ad