कानुनले नै अयोग्य भनेको राजनीतिक दलमा आवद्ध डा. पौडेललाई गभर्नरमा किन अघि सार्यो कांग्रेसले ?

२०८२ वैशाख २९ गते

कानुनले नै अयोग्य भनेको राजनीतिक दलमा आवद्ध डा. पौडेललाई गभर्नरमा किन अघि सार्यो कांग्रेसले ?

काठमाडौ । ‘कही नभएको जात्रा......’ मा भनेजस्तै जात्रा अहिले गभर्नर नियुक्तिमा देखिएको छ । बिशेषगरी सत्ता साझेदार दलहरुले गभर्नर पद आफ्नो पोल्टामा पार्ने दाउका कारण यो पदको नियुक्ती रमितामय बनेको छ । लामो रस्साकस्सीपछि कांगे्रसलाई नै दिन सहमत भएको एमालेले पनि आफ्नो बुद्धिले भ्याएसम्म खेल खेलिरहेकै छ । यसको उदाहरण हो कामु गभर्नर निलम ढुंगानालाई डा. गुणाकरण भट्टको राजीनामा स्विकृत गर्न अर्थमन्त्री विष्णु पौडेलले दिएको निर्देशन ।

 ‘त रोएजस्तो गर्नु म कुटेजस्तो गर्छु ' भन्ने कहावतसँग मेल खानेगरी म राजीनामा स्विकृत गरिदेउ भन्छु तिमि अड्काएर राख्नु भनेको जस्तै देखिएको छ अहिलेको परिस्थिती । भएभरका सबै पात्र गभर्नर बन्छन बन्छन् भन्दा भन्दै अहिले गभर्नर छान्न बसेको व्यक्ति आफै गभर्नर बन्न हौसिएको छ । यसले गभर्नर नियुक्ति प्रक्रिया झनै रोचक बनेको छ । योग्य र अनुभवि मानिएका डा.गुणाकर भट्टको राजीनामा स्विकृत भएको छैन । गभर्नरको रेसमा रहेकी र केपी ओलीले गभर्नर बनाउँन चाहेको कामु गभर्नर निलम ढंगानाले कांग्रेसको हलो अड्काएको आरोप छ ।  जसै गरी पनि कांग्रेस गभर्नर आफ्नो कोटाबाट बनाउँन चाहन्छ भने एमाले कसै गरेपनि आफैले लिन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छ । 

Advertisement:

Ad
Ad

कांग्रेसले गभर्नर सिफारिस समितिबाट पौडेललाई राजीनामा दिन लगायो तर उसले यो हेक्का राखेन कस्तो अवस्थामा गभर्नर बन्नबाट रोकिन्छ भन्ने । यदि नियम पालना गर्ने हो भने राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ले डा. विश्व पौडेललाई गभर्नर बन्न दिदैन । यो ऐनको दफा २१ ले सञ्चालकको अयोग्यताका मापदण्ड तोकेको छ । जसको पहिलो बुँदाले नै डा. पौडेललाई गभर्नर बन्न बाट रोक्छ । उक्त बुँदामा भनिएको छ, राजनीतिक दलको सदस्य तथा पदाधिकारी भएको व्यक्ति सञ्चालक बन्न अयोग्य हुनेछ । 

डा. पौडेल सक्रिय राजनीतिमा होमिएको जगजाहेर छ । उनी यसअघि भएको आम निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर नै संसदमा उठेका थिए । चितवन १ बाट उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पराजित गराइदिएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत बनिसकेका पौडेलको योग्यतानै अहिले बाधक बनेको छ ।  कांग्रेसका एक सांसदले यो विषयमा पार्टीभित्र छलफल भइरहेको समेत बताएका छन् । 
अब यो विषयलाई कांग्रेसले कसरी लुकाउँछ भन्ने मुल प्रश्न खडा भएको छ ।  तत्कालिन गभर्नर महाप्रसाद अधिकारी  पनि यहि विषयमा विवादित बनेका थिए । एम अधिकारीको नाममा एमालेको सदस्य रहेको भन्दै विवादित बनेका थिए । केही जानकारहरु कांग्रेसले सदस्यता लुकाउन सक्ने पनि बताउँछन् । कांग्रेसलले नै सक्रिय राजनीतिबाट राजीनामा दिएको तर्क दिएर फेरी पनि पौडेललाई नै योग्य बनाउँन सक्ने सम्भावना पनि रहेको स्रोत बताउँछ ।