जीवन विकास लघुवित्तका सेयरधनीले पाउने भए १४.७३ प्रतिशत लाभांश

२०८१ मंसिर ०९ गते

जीवन विकास लघुवित्तका सेयरधनीले पाउने भए १४.७३ प्रतिशत लाभांश

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १४.७३ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्ष ०८०/ ८१ को मुनाफाबाट लघुवित्तले १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ । बोनस शेयर प्रयोजनका लागि कम्पनीले १८ करोड ८६ लाख ५२ हजार रुपैयाँभन्दा बढी र नगद लाभांश प्रयोजनका लागि ९९ लाख २९ हजार रुपैयाँभन्दा बढी रकम छुट्याएको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष यो कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Advertisement:

Ad
Ad