हिमालयन लघुबित्तले बोलायो साधारण सभा

२०८१ मंसिर ०६ गते

हिमालयन लघुबित्तले बोलायो साधारण सभा

काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। मंसिर ५ गते बसेको लघुवित्तको संचालक समितिको बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा आगामी मंसिर २७ गते आवहान गरेको छ।  साधारण सभा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य लघुवित्तलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Advertisement:

Ad
Ad