गभर्नर पौडेललाई नोटमा हस्ताक्षर गर्न रोक लगाउनु पर्ने माग गर्दै दिइएको रिटमा आज सुनुवाई हुँदै

२०८२ जेठ २० गते

गभर्नर पौडेललाई नोटमा हस्ताक्षर गर्न रोक लगाउनु पर्ने माग गर्दै दिइएको रिटमा आज सुनुवाई हुँदै

काठमाडौँ । नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलको नयिुक्ती बदर गर्दै परेको रिटमा आज सुनुवाई हुँदैछ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अधिवक्ताहरुले पौडेलको नियुक्ती नियमसंगत नभएकोले नोटमा हस्ताक्षर समेत नगराउन माग गरेका छन् । उक्त रिट अधिवक्तात्रयले दायर गरेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधनविरुद्धको रिटसँगै  राखिएको छ । गत वैशाख २ गते सो मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

Advertisement:

Ad
Ad

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।गभर्नर पौडेलविरुद्धको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा  नियुक्ति गरिएको दाबी गरिएको छ । पौडेलको नियुक्ति बदरको मागसहित तत्काल नोटमा हस्ताक्षर रोक लगाउन अन्तरिम आदेशको माग अधिवक्तात्रयले गरेका छन् ।