२०८१ पुस १८ गते
काठमाडौँ । २०६३ पुष १८ गते क्षेत्रीयस्तरबाट औपचारिक यात्रा थालनी गरेको ग्लोबल आईएमई बैंकले आज आफ्नो १८ औँ वार्षिकोत्सव मनाइरहेको छ। ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्ति गरेर हालको दरिलो बनेको ग्लोबल आईएमई बैंक वित्तीय सूचकसँगै व्यवसायिक रुपमा अब्बल रहेको छ ।
बैंकले गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै यो बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो ।“सबैका लागि बैंक” भन्ने नाराका साथ बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले मुलुकको सात प्रदेश र ७७ वटै जिल्लामा सामान्य सानादेखि ठूलासम्म उद्यम व्यवसाय र आम नागरिकमा वित्तीय सेवा पुर्याइरहेको छ । बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।
ठूलो आकारको बैंक बनेसँगै राष्ट्रिय पुँजी निर्माणका लागि ठूला पूर्वाधार परियोजनामा समेत लगानीको ढोका खोलिरहेको बैंकले सबैजसो वित्तीय क्षेत्रमा योगदान पुर्याइरहेको छ । बैंकको हाल ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । २०६५ असार १७ गते आईपीओ निष्काशन गर्ने अनुमति पाएको बैंकले आर्थिक वर्ष २०६६/६७ देखि निरन्तर लाभांश दिइरहेको छ ।
प्रतिक्रिया