गभर्नर बन्न छनौट समितिबाट राजीनामा दिएका पौडेल विरुद्ध सर्वोच्चमा रिट दायर

२०८२ वैशाख ३० गते

गभर्नर बन्न छनौट समितिबाट राजीनामा दिएका पौडेल विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाली कांग्रेसको कोटाबाट गभर्नर बन्न गभर्नर छनौट समितिबाट राजीनामा दिएका डा. विश्व पौडेल विरुद्ध पनि सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेकै बेला डा.  पौडेलविरुद्ध मंगलबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले  सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

 

Advertisement:

Ad
Ad

उनीहरुले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै रिट दायर गरेका हुन् ।  गभर्नर बन्ने चर्चामे रहँदा यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन डा. गुणाकर भट्ट विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो  । डा.भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दर्ता गरेका थिए ।

 

गभर्नर छनौट समितिका सदस्य देखि उम्मेव्दार सम्मको रिट अहिले सर्वोच्चमा छ ।  गभर्नर छनौटमा अहिले सरकारलाई सकस परेको छ । कांग्रेसले आफ्ना उम्मेव्दार अघि सार्दा  उसले अघि सारेको पात्रको योग्यतमै प्रश्न उठिरहेको छ । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नर बिहिन छ ।