२०८२ जेठ ०८ गते
काठमाडौ । नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डबाट निष्काशनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
अब बैंकले सर्वसाधारणका लागि भने १ अर्ब २० करोड रुपैयाँको १२ लाख इकाई जारी हुनेछ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरुलाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको “७ प्रतिशत एसबीआई ऋणपत्र २०९०” नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा एनआइएमबी एस क्यापिटलले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रतिक्रिया