२०८१ मंसिर २५ गते
काठमाडौँ। एनएमबि बैंकले आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ।डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउने छैन ।
बैंकले डाटा सेन्टर अद्यावधिक गर्नु आफ्नो डिजिटल सेवा प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउने प्रयासका रूपमा लिएको छ।

प्रतिक्रिया