२०८१ पुस २६ गते
काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहिबार काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचारसमेत व्यक्त गरेका थिए ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २ खर्ब २७ अर्ब १० करोड र कर्जा २ खर्ब ४ अर्ब ६१ कोड अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ
प्रतिक्रिया