डा. गुणाकर भट्ट राष्ट्र बैंकको गभर्नर बन्दै

२०८२ वैशाख ०५ गते

डा. गुणाकर भट्ट राष्ट्र बैंकको गभर्नर बन्दै

काठमाडौं। शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । राजनीतिक नेतृत्वबाट गभर्नर बन्न प्रस्ताव आएपछि उनले राजीनामा बुझाएका हुन् ।

सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

Advertisement:

Ad
Ad

पुर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै  केहि समय देखि राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ । तर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदासमेत नयाँ गभर्नर नियुक्तिमा ढिला भएपछि सरकारले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मा दिएको थियो ।