चैतका लागि बैंकहरुले निर्धारण गरे ब्याजदर, कसले कति बनाए ?

२०८१ फागुन २९ गते

चैतका लागि बैंकहरुले निर्धारण गरे ब्याजदर, कसले कति बनाए ?

काठमाडौ । बाणिज्य बैंकहरुले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि फागुन महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई यथावत राखेका छन् । चैत महिनाका लागि ३ वटा बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने १७ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन ।

लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंकले भने ब्याजदर घटाएका छन् । फागुनको तुलनामा चैतमा मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ ।

Advertisement:

Ad
Ad

कसको कति ब्याजदर ?

एनआइशी एशिया बैंक र एनएमबी बैंकको ब्याजदर ६.६ प्रतिशत छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५ प्रतिशत ब्याजदर रहेको छ । यस्तै प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टड बैंक र हिमालयन बैंकको ब्याजदर ६.२५ प्रतिशत रहेको छ । प्रभु बैंकको ६.१ प्रतिशत छ भने सानिमा बैंकको ६.०५ प्रतिशत रहेको छ । यता एभरेष्ट, माछापुछ्रे बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैक र ग्लोबल आइएमइ बैंकको ६ प्रतिशत ब्याजदर रहेको छ । कुमारी बैंकको ६.०१ प्रतिशत, नबिल बैंकको ६.७५ प्रतिशत, सिटिजन्स बैंकको ५.६५ प्रतिशत ब्याजदर रहेको छ । नेपाल बैंकको ५.६ प्रतिशत, कृषि विकास बैंकको ५.५१ प्रतिशत ब्याजदर रहेको छ । यस्तै नेपाल एसबिआईको ५.५ प्रतिशत र लक्ष्मी सनराइजको ५.५ प्रतिशत रहेको छ ।