ब्याजदरको तिब्र उत्तारचढावलाई रोक्न आगामी १ बर्षभित्र ब्याजदर नीति लागु गरिने

२०८२ जेठ ०९ गते

ब्याजदरको तिब्र उत्तारचढावलाई रोक्न आगामी १ बर्षभित्र ब्याजदर नीति लागु गरिने

काठमाडौ । सरकारले आगामी एक बर्षभित्र व्याजदर नीति बनाएर लागु गर्ने भएको छ  । नेपाल राष्ट्र बैंकले आगामी १ बर्षभित्र ब्याजदर नीति अबलम्बन गरी निक्षेप र ऋणको ब्याजदरको न्यायोचित निर्धारण गर्ने जनाएको छ ।

पूर्वसचिव रामेश्वर खनाल संयोजक रहेको आर्थिक सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न  गठित कार्यदलले एक वर्षभित्र  नीति नै बनाएर ब्याजदर निर्धारण हुने योजना सार्वजनिक गरेको छ । यो व्यवस्था कार्यान्वयनको जिम्मेवार निकाय केन्द्रिय बैंकलाई तोकिएको छ ।

Advertisement:

Ad
Ad

 यस्तै आगामी एक बर्षभित्रै ब्याजदरको उतारचढावलाई व्यवस्थित गर्न ऋणपत्रको बजार विकास गर्ने योजना पनि लिएको छ । केन्द्रिय बैंकले कार्यान्वयन गर्ने यो व्यवस्थाको सहजीकरण र नियमन भने अर्थमन्त्रालयले गर्नेछ । बैकिङ प्रणालीको सञ्चालन लागत कम गर्न र वित्तिय स्थायीत्व कायम गर्न कर्जा र निक्षेपको ब्याजदर अन्तर कम गर्नै लैजाने योजना पनि कार्यदलले लिएको छ । 
सरकारले पूर्वसचिव खनाल संयोजकत्वको प्रतिवेदनको सुझाव कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा कार्ययोजना तयार पार्ने समिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनका बुँदाहरु कहिलेसम्म र कसरी कार्यान्वयन हुनेछ भनेर योजना तयार गरेको छ ।