बैकिङ क्षेत्रको निक्षेप साढे ६८ खर्ब नाघ्यो, सिडि रेसियो पनि ८० प्रतिशत नजिक

२०८२ वैशाख २८ गते

बैकिङ क्षेत्रको निक्षेप साढे ६८ खर्ब नाघ्यो, सिडि रेसियो पनि ८० प्रतिशत नजिक

काठमाडौ । बंैकिङ क्षेत्रको निक्षेप साढे ६८ खर्ब रुपैयाँ नाघेको छ । देशको अर्थतन्त्रको भन्दा बैकको निक्षेपको आकार बढी छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तिय संस्थाको कुल निक्षेप ६८ खर्ब ५८ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । यसमा सबैभन्दा ठुलो हिस्सा बाणिज्य बैंकको रहेको छ । बाणिज्य बैंकको निक्षेप ६१ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप ७ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । यस्तै  बैंकिङ क्षेत्रको कर्जा प्रवाह भने ५५ खर्ब १७ अर्ब रुपैयाँ नाघेको छ । यसमा बाणिज्य बैंकको मात्र ४९ खर्ब लगानी रहेको छ । बैंकको सिडि रेसियो (कर्जा पुँजी निक्षेप अनुपात)करिब ८० प्रतिशत नजिक पुगेको छ । यसले बैंकहरुको कर्जा प्रवाह हुन थालेको संकेत गरेको छ । अहिले बैंकहरुको सिडि रेसियो ७९.२५ प्रतिशत रहेको छ । बैंकहरुको लामो समयदेखि अधिक तरलताको समस्या झेलिरहेका छन् । जसका कारण निक्षेपकर्ता अधिक सस्तो ब्याजदरमा निक्षेप राख्न बाध्य छन् । अन्तरबैंक कारोबार (एक बैंक बाट अर्को बैंकसँग हुने कारोबार) ३ प्रतिशत छ । पछिल्लो समय केन्द्रिय बैंकले तरलता व्यवस्थापनमा लागि दिनहुँजसो निक्षेप तानिरहेको छ । 

Advertisement:

Ad
Ad