२०८२ जेठ २८ गते
काठमाडौ । गभर्नरमा डा. विश्वनाथ पौडेल आएपछि उनको ध्यान कसरी बैंकिङ क्षेत्रको सुधार गर्ने भन्ने तर्फ देखिएको छ । पदभार ग्रहण गर्दै गर्दा आफ्नो फोकस नियमनमा हुने बताएका पौडेलले बैंकिङ क्षेत्र सुधार्न उपसमिति नै गठन गरेका छन् । उक्त उपसमितिले दिएको सुझावको आधारमा सुधार कार्य अघि बढाइने भनिएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि पहिलोपटक राष्ट्र बैंक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरेको हो । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.रेवतबहादुर कार्कीको संयोजकत्व गठन भएको उपसमितिमा पुर्व बैंकर्स भुवन दाहाल र राष्ट्र बैंककै कार्यकारी निर्देशक गुरु पौडेल छन् । राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा.विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समय दिइएको छ ।
पौडेलले केही दिन अघि अर्थसमितिमा भएको बाफियाको छलफलमा केही व्यक्तिहरुको हातमा मात्र ऋण गएको आशंका व्यक्त गरेका थिए । उनले ऋण केन्द्रिकृत भएकोतर्फ सांसदहरुको ध्यान आकर्षण गराएर कानुन बनाउँदा विचार गर्न भनेका थिए । सम्भवत यस्ता विषयमा पनि उपसमितिले अध्ययन गरेर सुझाव दिनेछ ।
प्रतिक्रिया