२०८१ चैत १७ गते
काठमाडौ । बाणिज्य बैंकहरुमा शंकास्पद कारोबार ह्वात्तै बढेको देखिएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ६ हजार १ सय ८१ शकांस्पद कारोबार भएको रिपोर्टिङ गरेका छन्। यो संख्यालाई राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले मध्यम भनेको छ।
अघिल्लो वर्ष वाणिज्य बैंकमा ५ हजार १ यस ८७ वटा रिपोर्टिङ १० लाखभन्दा माथिका स्रोत नखुलेका कारोबारको रहेको थियो। १० लाखभन्दा माथि कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था रहेको छ। स्रोत खुलाउँन नसकेको अवस्थालाई शंकास्पद रुपमा हेरिन्छ । यस्तै विकास बैंकहरूले ४ सय ९१ शंकास्पद कारोबारको रिपोर्टिङ गरेका छन् भने फाइनान्स कम्पनीले २ सय १७ र लघविुत्त संस्थाहरूमा १२ कारोबार शंकास्पद भेटिएको वित्तीय जानकारी इकाई (एफआईयू) ले जनाएको छ।
सहकारीहरुको जम्मा ८ वटा कारोबार मात्र शंकास्पद रहेको जानकारी वित्तिय इकाइलाई गराइएको थियो । गत आर्थिक वर्ष १६ लाख ६९ हजार ७ सय १२ कारोबार भएकोमा ९१.०५ प्रतिशत कारोबार वित्तीय जानकारी इकाईको ‘गोएमएल’ प्रणालीमार्फत भएको छ। सम्पूर्ण शंकास्पद कारोबारमध्ये ९९ प्रतिशत कारोबार पनि उक्त प्रणालीमार्फत नै प्राप्त भएको हो। अघिल्लो वर्ष कुल कारोबारको ७६.५५ प्रतिशत कारोबार मात्रै राष्ट्र बैंकको प्रणालीमार्फत देखिएको थियो।
प्रतिक्रिया