बैशाखमा अधिकांश बैंकले बढाएनन् ब्याजदर, एउटाले बढाउँदा तीनवटाले घटाए

२०८१ चैत ३१ गते

बैशाखमा अधिकांश बैंकले बढाएनन् ब्याजदर, एउटाले बढाउँदा तीनवटाले घटाए

काठमाडौ । बैशाख महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर यथावत रहेको छ । बैंकहरुले चैत महिनाकै ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिएका छन् । ३ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने १ बैंकको बढेको छ ।

वैशाखमा मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९८ प्रतिशत कायम भएको छ । एभरेष्ट बैंकले ब्याजदर बढाउँदा सानिमा बैंक, नेपाल बैंक र कुमारी बैंकको ब्याजदर घटेको छ । बाँकी १६ बैंकले भने ब्याजदर चलाएका छैनन । एभरेष्टको चैतमा ६ प्रतिशत ब्याजदर रहेकोमा बैशाखका लागि ६.६१ प्रतिशत पुगेको छ । सानिमाको ६.०५ प्रतिशत रहेको ब्याजदर घटेर ५.९५ प्रतिशत कायम भएको छ । यस्तै कुमारीको ५.९२ प्रतिशत तोकिएको छ । यस बैंकको चैतमा ६.०१ प्रतिशत थियो । यस्तै नेपाल बैंकले पनि ५.१५ प्रतिशतमा ब्याजदर झारेको छ । चैतमा यस बैंकको ब्याजदर ५.५ प्रतिशत रहेको छ ।

Advertisement:

Ad
Ad

एनआईशी एशिया र एनएमबीको ६.६ प्रतिशत ब्याजदर तोकिएको छ भने नेपाल इन्भेष्टमेन्टको ६.५ प्रतिशत कायम भएको छ । यस्तै प्राइम कमर्सियल बैंक र स्ट्याण्र्डड चाटर्ड बैंकको ६.२५ प्रतिशत, प्रभुको ६.१ प्रतिशत रहेको छ । माछापुछ्रे, राष्टिय बाणिज्य बैंक, ग्लोबल आइएमइ बैंक र सिद्धार्थ बैंकको ६ प्रतिशत रहेको छ । नबिल र लक्ष्मी सनराइजको ५.७५ प्रतिशत, सिटिजन्सको ५.६५ प्रतिशत, कृषि विकास बैंकको ५.५१ प्रतिशत रहेको छ । यस्तै हिमालयन बैंक र नेपाल एसबिआई बैंकको ५.५ प्रतिशत ब्याजदर रहेको छ । यी बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।