२०८१ पुस १७ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज पनि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्भ तान्न लागेको हो । एको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
यो निक्षेपको साँवा र ब्याज भुक्तानी माघ ९ गते हुनेछ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसअघि केन्द्रीय बैंकले पुस १४ गते ७० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा १६ बैंकहरुले २० आवेदन मार्फत ६२ अर्ब ५ करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ । बैकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले विभिन्न उपकरणमार्फत बजारबाट पैसा उठाइरहेको छ ।
प्रतिक्रिया