२०८१ फागुन १२ गते
काठमाडौ । बैंकले प्रवाह गर्ने ऋणको ब्याजदर अत्यधिक सस्तो भएको छ । अहिले बाणिज्य बैंकहरुको औसत आधार दर ०.१८ प्रतिशत विन्दुले घटेर फागुनमा ६.६३ प्रतिशत कायम भएको छ । माघमा औसत आधार दर ६.८१ प्रतिशत थियो ।
फागुनमा २० वटै वाणिज्य बैंकको आधार दर घटेको छ । आधार दरमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । यसकारण आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । बैंकहरु अधिक तरलताको अवस्थामा भएकाले कर्जा र निक्षेप दुबैको ब्याजदर घटेको हो । पछिल्लो समय निक्षेपको साथै कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ ।
सबैभन्दा सस्तो आधारदर स्ट्याण्डर्ड चार्टड बैंक, राष्टिय बाणिज्य बैंक र एभरेष्ट बैंकको रहेको छ । यसकारण यी बैंकबाट ऋण लिदा सबैभन्दा सस्तो पर्ने देखिन्छ । यस्तै सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंक र प्राइम कमर्सियल बैंकको रहेको छ ।
कुन बैंकको आधारदर कति ?
स्ट्यार्डड चार्टड बैंक : ५.११ प्रतिशत एभरेष्ट बैंक : ५.६३ प्रतिशत राष्टिय बाणिज्य बैंक : ५.४४ प्रतिशत नेपाल बैंक : ६.१२ प्रतिशत नविल बैंक : ६.१७ प्रतिशत नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : ६.४१ प्रतिशत कृषि विकास बैंक: ६.७३ प्रतिशत ग्लोबल आइएमइ :६.७४ प्रतिशत सानिमा बैंक : ६.७६ प्रतिशत माछापुछ्रे बैंक : ६.९० प्रतिशत सिद्धार्थ बैंक : ६.९० प्रतिशत एसबिआई : ६.९७ प्रतिशत सिटिजन्स बैंक : ७.०१ प्रतिशत प्रभु बैंक : ७.०८ प्रतिशत कुमारी बैंक : ७.१२ प्रतिशत लक्ष्मी सनराइज : ७.१३ प्रतिशत प्राइम कमर्सियल : ७.१६ प्रतिशत एनआईशी एशिया बैंक : ७.५३ प्रतिशत
प्रतिक्रिया