बैंकहरुसँग ६ खर्ब बढी थप कर्जा विस्तारको क्षमता

२०८१ फागुन १९ गते

बैंकहरुसँग ६ खर्ब बढी थप कर्जा विस्तारको क्षमता

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार फागुन १७ गतेसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता रहेको छ । यस अघि बैंकहरुले निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा राखेको १ खर्ब ४४ अर्ब २५ करोड तथा एसडीएफको ८९ अर्ब १५ करोड गरेर कुल २ खर्ब ३३ अर्ब ४० करोड बैंकहरुमा फिर्ता हुन बाँकी नै रहेको छ ।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंकहरुले ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.६९ प्रतिशतमा कायम छ । बैंकहरुले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार ६ खर्ब रुपैयाँ बढी थप कर्जा विस्तारको क्षमता रहेको देखिन्छ ।

Advertisement:

Ad
Ad