२०८२ जेठ ११ गते
काठमाडौ । बैंक तथा वित्तिय संस्थामा देखिएको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न केन्द्रिय बैंकले आज (आइतबार जेठ ११) बजारबाट निक्षेप उठाउँदैछ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँको उठाउँन लागेको हो । यो निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति चैत असार १ गते निर्धारण भएको छ । यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया