आरएसडीसी लघुवित्तको प्रतिसेयर आम्दानी घट्यो

२०८१ माघ ०६ गते

आरएसडीसी लघुवित्तको प्रतिसेयर आम्दानी घट्यो

काठमाडौ । आरएसडिसि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी घटेको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३७ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ ।

प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा छ ।यसअवधिकम खुद नाफा पनि ३६.२५ प्रतिशतले घटेर ४ करोड ४१ लख ८२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Advertisement:

Ad
Ad

यसअवधिमा इम्पेयरमेन्ट चार्ज बढेको र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लख १६ हजार रुपैयाँमा आएको छ । गत वर्ष ४१ लख ७४ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ करोड ६० लाख रुपैयाँ पुगेको छ ।