२०८२ जेठ ०४ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्दै छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले आज (आइतबार, जेठ ४) २४ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।
२१ दिने निक्षेप संकलन उपकरण आइतबार नै बोलकबोल हुनेछ । साँवा र ब्याज भुक्तानी २५ गते हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया