आगामी वर्षको मौद्रिक नीति बनाउँन जुट्यो राष्ट्र बैंक, कस्तो ल्याउला ?

२०८२ जेठ २६ गते

आगामी वर्षको मौद्रिक नीति बनाउँन जुट्यो राष्ट्र बैंक, कस्तो ल्याउला ?

काठमाडौ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउँन जुटेको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय –सुझाव माग गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव भए पठाउन भनेको छ।

नेपाल राष्ट्र बैंकले बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति ल्याउने प्रावधान छ । यस वर्षको मौद्रिक नीतीमा समावेश गर्नुपर्ने तथा संशोधन गर्नुपर्ने लगायतका आर्थिक उन्नतिका राय सुझाव भए केन्द्रिय बैंंकको इमेल मार्फत पठाउन अनुरोध गरेको छ ।

Advertisement:

Ad
Ad

गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएपछिको पहिलो मौद्रिक नीति भएकाले नीतिगत तथा नियामकीय प्रावधानहरु हेरफेर हुनसक्ने सम्भावना देखिएको छ ।