नवनियुक्त गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता,भोलि पेसी

२०८२ जेठ १३ गते

नवनियुक्त गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता,भोलि पेसी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

 

Advertisement:

Ad
Ad

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो । 

 

विशाल थापासहितका अधिवक्ताहरुले आज रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई पनि प्रतिवादी बनाइएको छ । रिटमाथि बुधबार पेसी तोकिएको छ ।