तरकारीमा विषादी परीक्षण : कति प्रतिशतसम्म विषादी भएको तरकारी खान मिल्छ ?

२०८१ माघ १६ गते

तरकारीमा विषादी परीक्षण : कति प्रतिशतसम्म विषादी भएको तरकारी खान मिल्छ ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।

विभागले ९ प्रकारका तरकारीको नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ ।

Advertisement:

Ad
Ad

विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताए । उनले न्यूनतम २ प्रतिशतदेखि अधिकतम् २७ प्रतिशतसम्म ‘इन्जाइम इन्हिभिसन’ पाइएको जानकारी दिए। इन्जाइम इन्हिभिसन ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य मानिन्छ ।