विश्व बैंकबाट ऋण लिएर रानी जमरा कुलरिया सिँचाइको तेस्रो चरणको काम गरिने

२०८२ वैशाख ०३ गते

विश्व बैंकबाट ऋण लिएर रानी जमरा कुलरिया सिँचाइको तेस्रो चरणको काम गरिने

काठमाडौ । सरकारले विश्वबैंकबाट ऋण लिएर रानी जमरा कुलरिया सिँचाइ आयोजनामा लगानी गर्ने भएको छ । आयोजनाको तेस्रो चरणको काम गर्नका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिइने सरकारका प्रवक्ता समेत रहेका सुञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने यो आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिएको जानकारी मन्त्री गुरुङ दिए । आर्थिक वर्ष २०७४/७५ मा सक्ने गर्ने लक्ष्य लिएर ०६७/६८ मा सुरु गरिएको थियो । तर हालसम्म पनि यसको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

Advertisement:

Ad
Ad

निर्माण समयमै नहुँदा आयोजनाको लागत बढेको बढ्यै छ । शुरुमा १२ अर्ब ६३ करोड २१ लाखको खरिद गुरुयोजना स्वीकृत गरेको थियो । तर समयमै नसकिदा उक्त लागतले नभ्याउँने भएपछि २०८४ /०८५ सम्ममा यसको लागत बढेर २७ अर्ब ७० करोड २४ लाख लाख पुग्ने अनुमान छ । यसका लागि कबि १० अर्ब भन्दा बढी रकम विश्व बैंकले सहयोग गरिसकेको छ । सुदूरपश्चिममा सञ्चालित कैलालीको चिसापानीस्थित कर्णाली पुल नजिकबाट सुरु हुने यो राष्ट्रिय गौरवको आयोजना हो ।