सुनको मूल्य १५ सयले घट्यो, कतिमा हुँदैछ आज कारोबार?

२०८१ पुस २१ गते

सुनको मूल्य १५ सयले घट्यो, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, आइतबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement:

Ad
Ad

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।