सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

२०८१ माघ ११ गते

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

Advertisement:

Ad
Ad