शेयर बजारमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो

२०८१ पुस १७ गते

शेयर बजारमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ। बुधबार नेप्से एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ५.१०  विन्दुले बढेर २५८१.६० अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.१९ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य आठ उपसमूहका परिसूचक बढेका छन् भने बाँकी पाँच उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ३.८७ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा बैंक उपसमूह रह्यो जसको परिसूचक ०.७२ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ६७ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ४३ हजार सात सय २९ पटकको कारोबारमा तीन अर्ब ५९ करोड बराबरको किनबेच भएको छ । जसमा १५० कम्पनीका शेयर बढेका छन् भने ८८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी चार कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सपोर्ट लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवलपमेन्ट लिमिटेड रह्यो जसको २१ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज ब्लु चिप फन्ड रह्यो जसको १७ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ।