रिलायन्सको आईपीओ बारे अध्ययन गर्न बोर्डले बनायो समिति

२०८१ माघ १० गते

रिलायन्सको आईपीओ बारे अध्ययन गर्न बोर्डले बनायो समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सकको आईपीओ सम्बन्धमा आवश्यक निर्णय गर्न एक समिति बनाएको छ । उच्च अदालत पाटनले रिलायन्सको आईपीओ निष्काशन रोक्न भनि परेको रिट खारेज गर्दै पुनर्मूल्यांकन गर्न सुझाएपछि बोर्डले सुपरिवेक्षण विभागका प्रमुखको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो ।

आईपीओ रोक्न परेको मागमा उच्च अदालत पाटनले आफूले कानुनी वैधताको हकमा मात्र निरूपण गर्न मिल्ने भन्दै बाँकी विषयमा बोर्ड नै जवाफदेही हुने निष्कर्ष निकालेको थियो ।

Advertisement:

Ad
Ad