पूर्व प्रधानमन्त्री भट्टराईलाई भेट्न पुगेकी रास्वपा सांसद गौतमले भनिन, देश बचे पक्ष/विपक्ष, देशै नरहे के सत्ता पक्ष, के प्रतिपक्ष

२०८१ पुस १७ गते

पूर्व प्रधानमन्त्री  भट्टराईलाई भेट्न पुगेकी रास्वपा  सांसद गौतमले भनिन, देश बचे पक्ष/विपक्ष, देशै नरहे के सत्ता पक्ष, के प्रतिपक्ष

काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।  गौतमले भट्टराईसँगको भेटमा भएको संवाद नेपालको वर्तमान राजनीतिक अवस्था, राजनीतिक प्रणाली र अभ्यासका त्रुटीबारेमा केन्द्रित रहेको बताएकी छन् । उनीहरुबिच वर्तमान संसदीय अभ्यासको औचित्य र सुधारात्मक बाटोबारे साझा बुझाई रहेकाले उक्त भेटमा अर्थपूर्ण विमर्श भएको बताएकी छन् ।

उनले भेट भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेकी छन्, ‘नेपाली राजनीतिका विविध आयाममा देखिएका समस्याको समाधान केन्द्रित विचारविमर्शले कहिँ त पुर्‍याउँछ तर नेपालमा हाल जारी रहेको व्यक्ति केन्द्रित प्रतिशोधको राजनीतिले कहाँ पुर्‍याउला ? देश बचे पक्ष÷विपक्ष, देशै नरहे के सत्ता पक्ष, के प्रतिपक्ष ।’

Advertisement:

Ad
Ad

पछिल्लो समय रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा मुद्दा मामिलामा फसेको अवस्थामा सोबारे समेत छलफल भएको बुझिएको छ ।