प्रधानमन्त्री ओलीले सचिनलाई श्रदाञ्जली दिदै भने, सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको प्रति सबैलाई पाठ सिकाएको छ

२०८१ पुस १८ गते

प्रधानमन्त्री ओलीले सचिनलाई श्रदाञ्जली दिदै भने, सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको प्रति सबैलाई पाठ सिकाएको छ

काठमाडौ । बिहिबार उपचारका क्रममा निधन भएका बाल गायक सचिन परियारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै श्रद्धान्जली व्यक्र गरेका हुन् ।

ओलीले सामाविक सञ्जालमा लेख्दै भनेका छन् , बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली।

Advertisement:

Ad
Ad

एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको ओलीले भने ।