नविल बैंकको सहकार्यमा टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे एकदिने अन्तरक्रिया कार्यक्रम

२०८१ माघ ०६ गते

नविल बैंकको सहकार्यमा टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे एकदिने अन्तरक्रिया कार्यक्रम

काठमाडौँ। नविल बैंकको सहकार्यमा टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार बैंक र टोखा विकास अनुसन्धान समाज, टोखा-१० द्वारा आयोजित कार्यक्रममा कर्जा सम्बन्धी विभिन्न विषयमा छलफल तथा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्जा किन लिने, कति लिने, कहाँबाट लिने र लिएको कर्जा सही प्रयोजनमा प्रयोग नगर्दा हुने समस्याबारे छलफल भएको थियो। प्रमुख अतिथि नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल थिए भने प्रशिक्षक ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिताबारे प्रशिक्षण प्रदान गरेका थिए।

Advertisement:

Ad
Ad

टोखा विकास अनुसन्धान समाजका अध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले छलफलबाट उठेका राय सुझाव सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई प्रतिवेदनमार्फत पठाइने जानकारी दिए। साथै, कार्यक्रममा उपस्थित निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोग सम्बन्धी नीतिगत व्यवस्था र निर्देशनहरुबारे जानकारी गराइएको थियो।