इम्पेयरमेन्ट चार्जमा आएको गिरावटका कारण ब्याज आम्दानी घट्दा पनि नबिल बैंकको नाफामा सुधार

२०८२ वैशाख ०७ गते

इम्पेयरमेन्ट चार्जमा आएको गिरावटका कारण ब्याज आम्दानी घट्दा पनि नबिल बैंकको नाफामा सुधार

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफासँगै तेस्रो त्रैमासमा सर्वाधिक नाफा कमाउने बैंकका रुपमा उभिन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नाफा ८.२१ प्रतिशतले वृद्धि भएको हो। यद्यपि नाफाको प्रतिशत बढेपनि बैंकको खुद ब्याज आम्दानी भने ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ।

बैंकको इम्पेयरमेन्ट चार्जमा आएको गिरावटका कारण ब्याज आम्दानी घट्दा पनि बैंकको नाफामा सुधार देखिएको हो । नबिलको वितरणयोग्य नाफा ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यता, बैंकको खराब कर्जा अनुपातमा भने केही वृद्धि देखिएको छ। यसले जोखिम व्यवस्थापनमा थप सतर्कता आवश्यक भएको संकेत गर्छ।

Advertisement:

Ad
Ad

चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष ३१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ जसले दीर्घकालिन अवस्थासम्म बैंकलाई सुरक्षित राख्न टेवा पुग्ने देखिन्छ ।