२ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको एनएमबी बैंकको प्रतिसेयर आम्दानी कति पुग्यो ?

२०८२ वैशाख ०७ गते

२ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको एनएमबी बैंकको प्रतिसेयर आम्दानी कति पुग्यो ?

काठमाडौ । एनएमबी बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अुनसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । यो भनेको नाफा गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशत बढी हो । गत आवको ९ महिनामा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो । यस बैंकको वितरणयोग्य नाफा नै १ अर्ब ३१ करोड रुपैयाँ छ ।

बैंकको ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढेपछि नाफा बढ्न मदत पुगेको हो । बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशत र सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १७.२३ रुपैयाँ कायम भएको छ । गत आवमा १६.२७ रुपैयाँ थियो ।

Advertisement:

Ad
Ad

प्रतिसेयर नेटवर्थ भने १७१.८८ रुपैयाँ छ ।यस्तै खराब कर्जा २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत कायम भएको छ । बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ जम्मा भएर बसेको छ ।