गौतम बुद्ध विमानस्थलमा यात्रु आवागमन बढ्न थाल्यो, जजिरा एअरवेजको सबैभन्दा बढी उडान

२०८१ फागुन १९ गते

गौतम बुद्ध विमानस्थलमा यात्रु आवागमन बढ्न थाल्यो, जजिरा एअरवेजको सबैभन्दा बढी उडान

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी महिनामा कुल १सय १५ वटा उडान भएका छन् । विमानस्थलबाट भएका उडान अवतरणबाट ६हजार ७ सय ७९ जनाले सेवा लिएका छन् । विमानस्थलबाट फ्लाई दुबईको जहाजबाट २हजार ४सय ३ जनाले, जजिरा एअरवेजको जहाज भएर ३ हजार २ सय ६५ जनाले, थाई एअर एसियाको जहाजको १हजार ९७ जनाले उडान भरेका छन् । नेपाल एअरलाइन्सको १ उडान र १३ वटा चार्टर्ड उडान भएका छन् ।

उक्त उडानहरुमा २ सय ११ जना विदेशी यात्रुले यात्रा गरेका छन् । त्यस्तै त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एअरलाइन्स र फ्लाई दुबईमा ४हजार ४० ट्रान्जिट यात्रुहरुले यात्रा गरेका थिए।

Advertisement:

Ad
Ad

२०२४ को नोभेम्बरबाट विमानस्थलबाट उडान शुरु भएयता फेब्रुअरी महिनाको यात्रु आवागमन अहिले सम्मकै धेरै हो। उडान शुरु भएको महिना नोभेम्बरमा ४हजार २ सय ७९,डिसेम्बरमा ३हजार ८सय ७८ र २०२५ को १३६५ जना यात्रुले आवागमन गरेका थिए ।