२०८१ मंसिर २० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गते चीन गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो ।
उनको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ । विमानस्थलमा पुगेका पत्रकारलाई प्रधानमन्त्री ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । २०८४ को चुनाव देउवाले नै गराउँने जवाफ ओलीले पत्रकारलाई दिए ।
प्रतिक्रिया